कस्तुरीको बिनासहित दुई जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 22 | 05:54 pm 3148

काठमाडौं, कात्तिक ६ः संरक्षित बन्यजन्तु कस्तुरीको विनासहित दुई जना कारोबारीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे पाँचखाल नगरपालिका ८ चिसापानी घर भई हाल काठमाडौं बौद्ध बस्ने ३९ वर्षीय पासाङ लामा र काठमाडौं डल्लु बस्ने ३६ वर्षीय रामकुमार लामा रहेका छन् ।

काठमाडौं दरबारमार्ग एरियामा केही व्यक्तिहरुले प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा बिक्रिबितरण गर्नको लागि लुकाई छिपाई ल्याएको छ भन्ने विशेष सूचनाको आधारमा बिहीबार काठमाडौंको दरबारमार्ग सालिक चोकबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

पक्राउ गरी खानतलासी गर्दा उनीहरुको साथबाट अपराध महाशाखाको टोलीले २७ ग्राम तौल भएको कस्तुरीको विना बरामद गरेको महाशाखाले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.