काठमाडाैं, कात्तिक ६ः महानगरीय अपराध महाशाखाले संरक्षित वन्य जन्तु गैंडाको खागसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका -७ घर भई हाल काठमाडौं कपन बस्ने ४९ वर्षिय राजेन्द्र रिजाल रहेका छन् ।
उनलाई महाशाखाको विशेष टोलीले गैंडाको खागको अवैध रुपमा कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा बिहिबार चुच्चेपाटी पासाङ ल्यामु चोकबाट उक्त खाग बिक्रि गर्न साथमा लिई हिंडिरहेको अवस्थामा रिजाललाई पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी दीपक थापाले जानकारी दिए ।
एसएसपी थापाका अनुसार बरामद खाग र रिजाललाई पक्राउ गरी राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अन्तर्गत आवश्यक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाईएको बताइएकाे छ ।