तनहुँ, कात्तिक ५ः अवैध रूपमा रहेको सालको काठ प्रहरीले बरामद गरेको छ ।
मंगलबार साझँ तनहुँ व्यास नगरपालिका ७ सत्रसय स्थित रहेको सार्बजनिक जनकल्याण सामुदायिक वनबाट अवैध रुपमा साल जातको काठ ओसारपसारमा संलग्न ग १ त ६०७० नम्बरको ट्याक्टर चेकजाँच गर्दा उक्त ट्याक्टरमा राखी लुकाई छिपाई लैजादै गरेको अवस्थामा ११.२२ क्युफिट परिमाण बराबरको साल जातको काठ फेला पारी बरामद समेत गरेको प्रहरीले जानकारी दिएको हो ।
उक्त बरामद साल जातको काठसहित ट्याक्टर तथा ट्याक्टर चालकलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी सव डिभिजन वन कार्यालय दमौली तनहुँ जिम्मा लगाएको तनहुँ प्रहरीले जनाएको छ ।