आज नवरात्रको पाँचौँ दिन स्कन्दमाताको विशेष पूजा

| 2020 Oct 21 | 07:20 am 2927

काठमाडौं, कात्तिक ५ः आश्विन शुक्ल नवरात्रको पाँचौँ दिन आज बुधबार दुर्गा भवानीको पाँचौँ रुप शक्तिस्वरूपा भगवती स्कन्दमाताको विशेष पूजा गरिँदैछ ।

शिव तथा पार्वतीका पुत्र कुमार या कार्तिकेयको अर्को नाम स्कन्द हो । पौराणिक कथा अनुसार देवासुर संग्राममा देवताहरूको सेनापति स्कन्द थिए र स्कन्दले नै दैत्यपति तारकासुरको वध गरेको मानिन्छ । स्कन्द या कार्तिकेयको माता देवी स्कन्दमाता हुन् ।

स्कन्दमाता स्वरूपमा देवी, कुमार कार्तिकेयको काखमा राखेको तथा चार भुजाले युक्त छिन् । आफ्नो दुवै हातमा पद्म या कमल पुष्प धारण गरेकी देवी सिंहमा सवार गर्छिन् तर देवीमा कमलको आसनमा पनि बस्ने गरेकी छन् ।

देवी स्कन्दमाताको पूजा, पाठ, उपासना एवं साधना विशेष गरी नवरात्रको पञ्चमी तिथिमा हुने गर्दछ । स्कन्दमाता भवानीको उपासना एवं आराधना गर्नाले सबै प्रकारको इच्छा पूर्तिको हुने शास्त्रीय कथन रहेको छ । मृत्यु लोकमा साधकलाई परमशान्ति तथा सुखको अनुभव मिल्ने र मोक्षको द्वार खुल्नेछ ।

स्कंदमाता को मन्त्र

सिंहासनगता नित्यं पद्माश्रितकरद्वया ।
शुभदास्तु सदा देवी स्कन्दमाता यशस्विनी ।।
ॐ देवी स्कन्दमातायै नमः ।।

सन्तान प्राप्तिका लागि जप्नु पर्ने स्कन्दमाता को मन्त्र
‘ॐ स्कन्दमात्रै नमः ।।’

यसका अतिरिक्त यो मन्त्रद्धारा पनि स्कन्धमाताको आराधाना गरिन्छ ।
या देवी सर्वभूतेषु माँ स्कन्दमाता रूपेण संस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।।

स्कन्धमाताको ध्यान मन्त्र

वन्दे वांछित कामर्थेचन्द्रार्घकृतशेखराम् ।
सिंहारूढाचतुर्भुजास्कन्धमातायशस्वनीम्
धवलवर्णाविशुद्ध चक्रस्थितांपंचम दुर्गा त्रिनेत्राम ।
अभय पदमयुग्म करांदक्षिण उरूपुत्रधरामभजेम्
पटाम्बरपरिधानाकृदुहज्ञसयानानालंकारभूषिताम् ।
मंजीर हार केयूर किंकिणिरत्नकुण्डलधारिणीम ।।
प्रभुल्लवंदनापल्लवाधरांकांत कपोलांपीन पयोधराम् ।
कमनीयांलावण्यांजारूत्रिवलींनितम्बनीम्घ् स्तोत्र
नमामि स्कन्धमातास्कन्धधारिणीम् ।
समग्रतत्वसागर अपरमपार पारगहराम्
शिप्रभांसमुल्वलांस्फुरच्छशागशेखराम् ।
ललाटरत्नभास्कराजगतप्रदीप्तभास्कराम्
महेन्द्रकश्यपाद्दचतांसनत्कुमारसंस्तुताम् ।
सुरासेरेन्द्रवन्दितांयथार्थनिर्मलादभुताम्
मुमुक्षुभिद्दवचिन्तितांविशेषतत्वमूचिताम् ।
नानालंकारभूषितांकृगेन्द्रवाहनाग्रताम् ।।
सुशुद्धतत्वातोषणांत्रिवेदमारभषणाम ्।
सुधाद्दमककौपकारिणीसुरेन्द्रवैरिघातिनीम्
शुभांपुष्पमालिनीसुवर्णकल्पशाखिनीम् ।
तमोअन्कारयामिनीशिवस्वभावकामिनीम्
सहस्त्रसूर्यराजिकांधनच्जयोग्रकारिकाम् ।
सुशुद्धकाल कन्दलांसुभृडकृन्दमच्जुलाम्
प्रजायिनीप्रजावती नमामिमातरंसतीम् ।
स्वकर्मधारणेगतिंहरिप्रयच्छपार्वतीम्
इनन्तशक्तिकान्तिदांयशोथमुक्तिदाम् ।
पुनरूपुनर्जगद्धितांनमाम्यहंसुराद्दचताम्
जयेश्वरित्रिलाचनेप्रसीददेवि पाहिमाम् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.