अबैध हातहतियार तथा बन्यजन्तुको विभिन्न अंगसहित एक जना पक्राउ

| 2020 Oct 20 | 09:55 pm 2305

तनहुँ, कात्तिक ४ः अबैध हातहतियार तथा बन्यजन्तुको अंगसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दिपुर गाउँपालिका ६ ज्यामिरे स्वाँराका अशोक गुरुङ रहेका छन् ।

अवैध रुपमा हातहतियारहरु साथमा लिई हिंडी सर्वसाधारणलाई त्रसित पारी आतंकित बनाएको भन्ने गोप्य सुचनाको आधारमा सोमबार दिउँसो ईलाका प्रहरी कार्यलय बन्दीपुर र ईलाका प्रहरी कार्यलय भानु मुकाम डुम्रेबाट खटी गएको प्रहरी टोलीले गुरुङलाई पक्राउ गरेको हो ।

टोलीले गुरुङको सुत्ने बस्ने कोठा तथा निजको घरकोठाहरु खानतलासी लिंदा अशोक गुरुङको घर भित्र लुकाई राखेको अवस्थामा Auto pistal 9 MM 9 round लेखिएको ७.५ ईन्च लम्बाई ५.५ चौडाई भएको म्याग्जिन र सोही म्याग्जिमा रहेको १ राउण्ड गोली सहितको पेस्तोल १ थान, ७ ईन्च लम्बाई ५ ईन्च चौडाई भएको म्याग्जिन सहितको पेस्तोल १ थान, गरी जम्मा पिस्तोल २ थान, सुटकेश भित्र लुकाई राखेको जंगली जनावरको छाला जस्तो देखिने वस्तुको पानको पात आकारमा बिचमा ॐ लेखेको ५.५ ईन्च लम्बाई ४ ईन्च चौडाईको वस्तु १ थान, जंगली जनावरको छाला जस्तो देखिने ६ ईन्च लम्बाई २.५ ईन्च गोलाईको वस्तु १ थान, जंगली जनावरको छाला जस्तो देखिने ७ ईन्च लम्बाई १.५ ईन्च गोलाई भएको बस्तु १ थान, जंगली जनावरको छाला जस्तो देखिने १० ईन्च लम्बाई २५ ईन्च गोलाई भएको बस्तु १ थान, जंगली जनावरको छाला जस्तो देखिने  भी आकारको बस्तु १ थान, जंगली जनावरको सिंङ जस्तो देखिने १ फिट लम्बाई, फेद गोलाई ४.५ ईन्च टुप्पाको गोलाई १ ईन्च भएको बस्तु १ थान, जंगली जनावरको सिङ जस्तो देखिने १ फिट ३ ईन्च लम्बाई फेदको गोलाई ३ ईन्च, टुप्पोको गोलाई १.५ ईन्च भएको बस्तु १ थान सोही सुटकेशको साईड गोजीमा प्लाष्ट्रिकमा पोका पारी राखेको ५० ग्राम गाँजा जस्तो पदार्थ समेतका चिजवस्तुहरु फेला पारी उल्लेखित सामानहरु बरामद गरेको प्रहरीले जानकारी दिएको हो ।

उक्त कार्यमा संलग्न रहेका गुरुङ फरार रहेको हुँदा उनलाई पक्राउ गर्नको लागि मंगलबार सम्मानित अदालतबाट पक्राउ अनुमती लिई खोजतलास गर्दा बन्दिपुर गाउँपालिका २ बाट पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको तनहुँ प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.