काठमाडाैं, कात्तिक ३ः साेमबार नेपालमा थप ३ हजार ७ सय ९० जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्ने नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ३६ हजार ३६ पुगेको छ ।