दाङ, कात्तिक २ः अवैध रूपमा तास खेलिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ घोराही उपमहानगरपालिका १५ का ३० वर्षीय प्रविण खत्री, ३५ वर्षीय दिलबहादुर घर्ती मगर, ४० वर्षीय हेमन्त बुढाथोकी, ४९ वर्षीय भरत जिएम र २७ वर्षीय गोविन्द शाह रहेका छन् ।

उनीहरुलाई घोराही उपमहानगरपालिका १५ जनकल्याण टोल स्थित प्रविण खत्रीको घरमा जुवा खेलीरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिगएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो ।
जुवाको खालबाट प्रहरीले नगद १ लाख ३७ हजार ९ सय ४० रुपैयां, खोलेको दुई गड्डी तास र नखोलेको नखोलेको १० थान तास बरामद गरी पक्राउ गरेको दाङ प्रहरीले बताएको छ ।
नियन्त्रणमा लिई उनीहरुलाई अप अनुसन्धान भईरहेको बताइएको छ ।