नदिजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रण

रिपोर्ट नेपाल | 2020 Oct 18 | 07:51 pm 2382

तनहुँ, कात्तिक २ः अवैध रुपमा नदिजन्य पदार्थ उत्खनन् गर्ने दुई वटा सवारी साधन ट्याक्टरलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान ८ बजेको समयमा तनहुँ व्यास नगरपालिका ५ मादी पुल नजिक पश्चिम तर्फको बगरबाट अबैध रुपमा नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा यस कार्यालयबाट ड्युटीमा खटिएका प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको हो ।

नियन्त्रणमा लिएक ट्याक्टरहरुमा ग १ त ४०६ र ना ७ त ३८०९ नं.को रहेको छ । नियन्त्रणमा लिएको ट्याक्टरलाई आवश्यक कारवाहीको लागि व्यास नगरपालिकाको कार्यालय तनहुँमा पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.