काठमाड, कात्तिक १ः सर्वोच्च अदालत कात्तिक एक गते देखि १५ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालत प्रशासन महाशाखाले शुक्रबार एक सूचना जारी गर्दै कात्तिक एक गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जनाएको हो ।
तर, उक्त अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने महाशाखाले जनाएको छ । शनिबार र दशैंको टिकाको दिनबाहेक अन्य दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि खुला रहने बताइएको हो । तर, अरु मुद्दामा भने सुनुवाइ नहुने बताइएको छ ।