कौरव खत्री गुल्मी, असोज ३०ः बागलुङको ढोरपाटनका नगरपालिकाका बाढी पहिरो पीडितहरुलाई बुर्तिबाङ राइजिङ युवा क्लवद्धारा आर्थिक, शैक्षिक स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकाे छ ।
क्लवद्धारा बाढीपहिरो पीडितहरुको लागि ढोरपाटन नगरपालिकाको दैविक प्रकोप राहत कोषको खातामा नगद १ लाख, बाढीपहिरोबाट ज्यान गुमाएका ३४ पीडित घरपरिवारहरुलाई नगद ७४ हजार हस्तान्तरण गरेको हो ।

त्यस्तै क्लवले बाढीपहिरोमा परेर आफ्नो अभिभावक गुमाएका २३ जना बालबालिकाहरुलाई प्रतिबालवालिकालाई शैक्षिक सामाग्री अन्र्तगत आधा दर्जन कापी, ५ वटा डटपेन १ दर्जन पेन्सिल र २ वटा माक्स हस्तान्तरण गरिएको थियो ।
त्यस्तै बाढीपहिरो पीडित महिलाहरुलाई १ सय पिस सेनेटरी प्याड गरेर २७ हजारको शैक्षिक र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको थियो ।
साथै निसीखोला गाँउपालिकका बाढीपहिरो पीडित ५ घरपरिवारलाई प्रति घरपरिवार २ हजारका दरले नगद १० हजार रुपैया हस्तान्तरण गरिएको थियो ।

ढोरपाटन नगरपालिका र निसीखोला गाँउपालिकाका बाढीपहिरो पीडितहलाई कुल २ लाख ११ हजार ५ सय ९ रुपैया बरावर सहयोग मंगलवार, बुधवार र विहिवार हस्तान्तरण गरिएको, राहत रकम अभियानकर्ता मिनु विसीले जानकारी दिइन् ।
राहत रकम वितरण कार्यक्रममा बुर्तिबाङ राइजिङ युवा क्लवका अध्यक्ष तथा राहत रकम संकलन अभियानकर्ता यामु पौवी(सोम), क्लवकी उपाध्यक्ष ममता गैरे, क्लका महासचिव एंव अभियानकर्ता गोपाल महत,राहत रकम अभियानकर्ता मिनु विसी क्लवकी सदस्य एंव पत्रकार झरना कंडेल, स्वास्थ्यकर्मी मनु विक लगायतको सहभागिता रहेको थियो