अपराध महाशाखाले समायो दुई ठग

रिपोर्ट नेपाल | 2020 Oct 15 | 06:11 pm 2150

काठमाडौं, असोज २९ः महानगरीय अपराध महाशाखले बैदेशिक रोजगारीमा पठाइदिने प्रलोभन दिएर रकम ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

महाशाखाका सूचना अधिकारी प्रहरी उपरीक्षक इश्वरबाबु कार्कीद्वारा हस्ताक्षरीत विज्ञप्तिका अनुसार सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका ६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका ११ कपन फैका बस्ने २५ वर्षीय मोहम्मदसहजाद अलाम र सिन्धुली कमलामाई नगरपालिका ११ भीरगाउँ घर भई कपन फैका बस्ने ४३ वर्षीय सुकमान वाइवालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका अभियुक्तले नक्कली भिषा देखाएर क्रोएसिया रोजगारीमा पठाउने भन्दै ठगी गरेका थिए ।

९ जना व्यक्तिलाई प्रलोभनमा पारेर प्रति व्यक्ति ३ लाख ७ हजार लिई ठगी गरेको विज्ञप्तिमा उल्लेख छ । ठगी गर्ने अलाम र वाइवालाई कपन र बानेश्वरबाट पक्राउ गरिएको थियो ।

पक्राउ परेका दुबैजनालाई थप अनुसन्धान र कारबाहीका लागि काठमाडौं परिसरमा पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.