नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 13 | 05:11 pm 1732

काठमाडाैं, असोज २७ः मंगलबार नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेकाे बिभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षाबाट नयाँ संक्रमित थप भएका हुन् ।  याेसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.