नक्कली डाक्टर पक्राउ

| 2020 Oct 13 | 03:01 pm 2060

पर्सा, असाेज २७ः नक्कली डाक्टर बनी विरामी जाँच गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विन्दवासिनी गाउँपालिका–३ का ४० वर्षीय नारद साह तेली रहेका छन् ।

उनलाई गत शुक्रबार वीरगंज महानगरपालिका–२ छप्कैयास्थित यादव अल्ट्रा साउण्ड सेन्टरबाट पक्राउ गरेको प्रहरीले जानकारी दिएकाे हाे ।

तेलीले डाक्टर शिवशंकरको नाममा आफैंले विरामीहरुको जाँच गरी औषधी दिने गरेका थिए । गर्भवती महिलाकाे समेतको अल्ट्रासाउण्ड गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताइएकाे छ ।

उनीमाथि जिल्ला अदालत पर्साबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.