काठमाडौं, असोज २६ः नेपाली कांग्रेसको सशक्त भातृ संगठन नेपाल तरूण दलको गुल्मी काठमाडौं सम्पर्क समितिको नव गठित कार्य समितिमा मुसिकोट नगरपालिका कुर्घाका दिपक थापा उपाध्यक्ष र सत्यवती गाउँपालिका परमानन्दनगरका शिवमणी भण्डारी कोषाध्यक्षमा मानोनित भएका छन् ।
लामो समयसम्म नेतृत्वको असक्षमताका कारण रिक्त रहेको सशक्त भातृ संगठन नेविसंघका पूर्व केन्द्रीय सदस्य मोती भण्डारीको सकृयतामा तरूण दल गठन भएको हो ।
रिपोर्ट नेपाल डटकमका शुभ चिन्तक दिपक थापा र शिवमणी भण्डारीको नियुक्तिले उपत्यकामा बस्ने तमाम तरूणलाई गोलबन्द गर्न मद्दत पुग्ने विश्वास गुल्मी तरुण दलले लिएको बताइएको छ ।