अरिंगालको टोकाईबाट खोटाङमा एक जनाको मृत्यु

| 2020 Oct 11 | 03:42 pm 1755

खोटाङ,  असाेज २५ः अरिंगालको टोकाईबाट खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाका २९ वर्षीय उत्तम भनिने पातलसिं राई रहेका छन् ।

शनिबार बिच्किएको अरिंगालले टोकेर गम्भीर भएका राईको आईतबार उपचारकोक्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक गोबिन्द शाहले बताए।

राईलाई घाँस काट्न गएको अवस्थामा अरिंगालले शरीरका विभिन्न ठाउँमा टोकेको थियो। घाँस काट्न गएका आफन्तले उनलाई अरिंगालले टोकेर गम्भीर घाईते बनाएको अवस्थामा जंगलमा फेला पारेका थिए।

उपचारका लागि आइतबार बिहान अस्पताल पुर्‍याएको केही समयपछि नै राइको मृत्यु भएको आफन्त एवम् पूर्वसभासद दुर्गाजयन्ती राईले जानकारी दिईन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.