नक्कली सुन देखाएर पैसा लुट्न खोज्ने दुई जना प्रहरी नियन्त्रणमा

| 2020 Oct 11 | 03:21 pm 2514

सिन्धुपाल्चोक, असाेज २५ः सुन जस्तो पहेले धातु देखाएर पैसा लुट्न खोज्ने दुइ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाह्रविसे–२ का २४ वर्षीय भिमबहादुर तामाङ र सोही वडाका २३ वर्षका राजन तामाङ रहेका छन् ।

ति दुई युवकले आफुहरुसँग सुन छ भन्दै केही दिन अघिदेखि काठमाडौंका एक युवासँग ‘डिल’ गर्दे आएका थिए । सुन किन्न खोज्ने र बिक्री गर्न खोज्ने बिच पैसाको ‘डिल’ हुदै गर्दा इलाका प्रहरी कार्यालय बाह्रविसेको टोलीले सुनकोशी गाउँपालिका–७ स्वाँराबाट नियन्त्रणमा लिएको प्रहरले जानकारी दिएकाे हाे ।

एक किलो फाइन गोल्ड लेखिएको पहेलु धातु रहेछ, उनीहरुले २५ लाख रुपैयाँमा डिल गरेका रहेछन्, इलाका प्रहरी कार्यालय बाह्रविसेका प्रहरी निरीक्षक देवेन्द्रबहादुर शाहाले जानकारी दिए ।

प्रहरी निरीक्षक शाहाले भने– पहेलु बस्तु सुन हो की हैन हामी परिक्षणका लागि पठाउँछौ । सुन खरिद गर्ने व्यक्ति केही दिनदेखि ती युवाहरुसँग सम्पर्कमा रहेका थिए । अलि बढी नै रकमबाट डिल भएर अन्तिममा २५ लाख रुपैयाँमा कुरा मिलेको रहेछ प्रहरी निरीक्षक शाहाले भने–सुन खरिद हुनै लाग्दा हामी पुगेर उनीहरुलाई पक्राउ गर्न सफल भएका छौं ।

उनीहरूको साथबाट प्रहरीले एक थान मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.