सिन्धुली, असाेज २४ः अवैध भरूवा बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा फिक्कल गाउँपालिका-६ डाडाटोलका २४ वर्षीय तिर्थ बहादुर तामाङ रहेका छन् ।
उनलाई १ थान भरुवा बन्दुक सहित शुक्रबार प्रहरीले पक्राउ गरेको हाे । प्रहरी चौकी रत्नावतीबाट खटिएको प्रहरीले तिर्थ बहादुर तामाङको घरमा तलासी गर्दा घरको भर्याङको चेपमा लुकाई राखेको अवस्थामा उक्त हतियार फेला पारेको हाे ।
साथै थप अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक तिर्थ बहादुरका दाइ ३१ वर्षीय राज कुमार तामाङको भन्ने खुल्न आएपछि राज कुमारलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।