सर्लाही, असोज २४ः लालबन्दी नगरपािलका १४ स्थित मटर दोभान नारायण खोला, सत्रकठ्ठा, माईथान, हात्तिसुडे भन्ने स्थानमा अवैध रुपमा लगाइएको गाँजा फडानी गरी नष्ट गरेको छ ।
गाँजा अवैध रूपमा लगाइएको छ भन्ने गोप्य सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली खटिगई करिब १० कठ्ठामा लगाइएको गाँजा फडानीगरी नष्ट गरेको प्रहरीले जानकारी दिएको हो ।
त्यसैगरी बिजुलीको पोलबाट खसि एक जना घाईते भएका छन् । शनिबार दिउँसो सर्लाही रामनगर गाउँपालिका १ स्थित ठाउँमा रहेको पोलमा तार तान्ने क्रममा फेटा गाउँपालिका १ का ३५ वर्षीय राजेश गिरी पोलबाट खसि गम्भीर घाइते भएका हुन् ।
उनको मेरुदण्डको हाड भचिएको हुनसक्ने अनुमान गरिएको छ । गिरीको जिल्ला अस्पताल सर्लाही मलंगवामा समान्य उपचार पश्चात थप उपचारको लागी वीरगंज पठाईएको बताइएको छ ।