मुद्दाको वास्ता नगरी राहत वितरणमा निरन्तर मस जोडी

रिपोर्ट नेपाल | 2020 Oct 09 | 05:18 pm 3431

महेश सिंह सिरहा, असोज २३ः पछिल्लो समय राहत वितरण गरेर चर्चामा आएका समाजसेवी महेश चौधरी र संगीता कर्माचार्यले पुनः डोम बस्तीमा राहत वितरण गर्न थालेका छन्।

No description available.

लहान नगरपालिकाबाट चौधरी र कर्माचार्यलाई मुद्दा चलाउने निर्णय गरेका थियो। चौधरीमाथि लगाएको मुद्दा देश ब्यापी रूपमा चर्चाको विषय बनेको छ ।

लहान नगरपालिकाका मेयर मुनि साहले आफूलाई अपमान गरेर राहत वितरण गरेको भन्दै मुद्दा चालाएको बुझिएको छ ।

No description available.

नेपाल सरकारले घोषणा गरेको एकद्धारा प्राणालीको मार्यादालाई मिचेर राहत वितरण गरेको नगरपालिकाको मेयर साह भनाई छ ।

चौधरी र कर्माचार्यले उक्त मुद्दाको विरुद्धमा पुनः लहान नगरपालिका २३ गाढा र बथनाहाको २८ घरधुरी डोम समुदायलाई राहत दिन घरमै पुगेका हुन्।

No description available.

राहतमा चमाल १० किलो , दाल १ किलो, नून १ प्याकेट, खाने तेल १ पोकका लगायतका खाध्न सामग्री वितरण गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.