अहिलेसम्मकै उच्च काेराेना संक्रमण, ४ हजार ३ सय ६४ जनामा पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 08 | 04:36 pm 2048

काठमाडाैं, असाेज २२ः बिहीबार नेपालमा अहिलेसम्मकै उच्च संक्रमण पाइएकाे छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा  थप ४ हजार ३ सय ६४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभर रहेका बिभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।  याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ९८ हजार ६ सय १७ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.