ललितपुर, असोज २२ः बैकिङ कसुर मुद्धामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका ८ लुभुका ३५ वर्षीय बिजयन्द्र रिमाल रहेका छन् ।
उनी २०७६ माघ २२ गते बैकिङ कसुर मुद्धामा सम्मानित उच्च अदालत पाटनबाट ५ दिन कैद र २२ लाख जरिवाना ठहर पश्चात् फरार रहेका थिए ।
अभियुक्तलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा
आज बिहीबार ललितपुर महालक्षमी नगरपालिका ८ लुभुबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तर्फ आवश्यक कारवाहीको लागी ललितपुर जिल्ला अदालत पठाएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको हो ।