राहदानी किर्ते मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Oct 07 | 08:52 pm 1983

धनकुटा, असोज २१ः राहदानी किर्ते मुद्दामा फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका २ का ३० वर्षीय भीमराज लिम्बू र ३६ वर्षीय हडिन रोगु (लिम्बू) रहेका छन् ।

उनीहरु बिगत लामो समयदेखि फैसलाका लागि बाँकी रहेको मुद्दाको थप अनुसन्धान तथा फर्छ्यौट गर्ने अभियान अन्तर्गत उक्त कार्यालयमा २०७६ पुस २९ गते मुद्दा दर्ता भएको थियो ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको २०७६ जेठ २७ गतेको प्राप्त जाहेरीले वादी नेपाल सरकार प्रतिवादी हडिन रोगु (लिम्बू) समेत भएको नागरिकता तथा राहदानी किर्ते मुद्दामा वारदात पश्चात् फरार रहेका थिए ।

अभियुक्तहरुलाई बिशेष सूराकीको आधारमा पत्ता लगाई फेला पारी पक्राउ गरी सम्मानित जिल्ला अदालत धनकुटाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको धनकुटा प्रहरीले जानकारी दिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.