काठमाडौं, असाेज २१: बुधबार नेपालमा थप ३ हजार ४ सय ३९ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन्।
पिछल्लाे २४ घण्टामा देशभर रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणमाबाट नयाँ संक्रमित पुष्टि भएका हुन् । योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २ सय ५३ पुगेको छ।