नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना पुष्टि

रिपोर्ट नेपाल | 2020 Oct 06 | 05:00 pm 1961

काठमाडाैं, असाेज २०ः  मंगलबार नेपालमा थप १ हजार ५ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलन मार्फत मत्नालयका प्रवक्ता डा जागेश्वर गाैतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरकाे  बिभिन्न भागमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित पुष्टि भएका हुन् ।  याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ९० हजार ८ सय १४ पुगेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.