धनकुटा, असोज १९ः सोमबार ईलाका प्रहरी कार्यालय छिन्ताङबाट प्रहरी सहायक निरीक्षक निधिनाथ तिमसिनाको कमाण्डमा खटिएका ग्रामिण गस्ती टोलिले धनकुटाको शहिदभूमि गाउँपालिका ३ माङ्ठाना, देविथान र पुजारी टोलमा गाँजा फडानी गरेको छ ।
ऐलानि तथा केही निजि जग्गाहरुमा रहेको करिब ३/४ रोपनिमा लगाइएको तथा प्राकृतिक रुपमा उम्रिएका उक्त अवैध लागूऔषध गाँजाका नाभो र बेर्नाहरु फडानी गरी नष्ट गरेको प्रहरीले जानकारी दिएको हो ।
गाँजा फडानी गरी टोली साँझ कार्यालय फिर्ता भएको प्रहरी हवल्दार अनिल राजबंशीले बताए ।