काठमाडौं, असोज १९ः बंगलादेश ताइक्वान्दो संघको आयोजनामा यही असोज १७ र १८ गते भएको अनलाइन भर्चुयल मार्फत संचालन भएको पहिलो बंगलादेश ताइक्वान्दो अन्तर्राष्ट्रिय प्रत्यक्ष च्याम्पियनशीप २०२० मा विश्वका विभिन्न १९ देश बाट ३ सय ४४ खेलाडीहरु सहभागी भएका थिए ।
उक्त प्रतियोगितामा नेपाली सेना त्रिभुवन आर्मी क्लबका खेलाडीहरुले स्वर्ण सहित ४ पदकहरु जित्न सफल भएको छ ।
सो खेलमा आयषा शाक्य (महिला ४० वर्ष मुनि समुह तर्फ) स्वर्ण, सिना मादेन (महिला २४ वर्ष मुनि समुह तर्फ) रजत, प्युठ निता गुरुङ्ग (महिला ३० वर्ष मुनि समुह तर्फ) रजत र कृष्ण बहादुर तामाङ्ग (पुरुष २४ वर्ष मुनि समुह तर्फ) कास्य पदक दिलाउन सफल भएका छन् ।