दाङ, असोज १७ः गएराति अवैध रुपमा जुवा खेलिरहेको १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङको राप्ती गाउँपालिका ५ सिसहनिया बजारमा रहेको दर्शन खाजा घरको कोठामा जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दिपेन्द्र बिक्रम शास, मोहन गाहा मगर, नारायण रोका मगर, बिक्रम राना, श्याम गुरुङ, बसन्त बेल्वासे, लक्ष्मण गिरी, छोटेलाल चौधरी, बेलसिंह भैया मगर र युवराज बुढा रहेका छन् ।
जुवाको खालबाट प्रहरीले २ लाख ६० हजार १ सय २५ रुपौयां नगद र ४ गड्डी खोलेको र ४२ गड्डी नखोलेको ताससहित उनीहरुलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ परेको सबैको थप अनुसन्धान भइरहेको बताइएको छ ।
त्यसैगरी दाङकै बबई गाउँपालिका ३ धुनबासबाट केशब भन्ने केशकुमार बिकको घरमा जुवा तास खेलिरहेका ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जुुवातास खेल्ने खेलाउने गरेको भन्न गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएका प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा केशबकुमार बिक, लोक बहादुर खड्का, पर्साराम बिक, शेर बहादुर बिक, प्रेम पुन, बिन बहादुर घर्ती, बिक्की नेपाली र भाइलाल नेपाली रहेका छन् ।
उक्त जुवाको खालबाट प्रहरीले १ गड्डी तास र नगद २ लाख ६१ हजार ९ सय ९० रुपैयां बरामद गरेको जानकारी दिएको हो ।
उनीहरु सबैलाई पक्राउ गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।