खोटाङ, असाेज १७ः गएराति ट्याक्टर दुर्घटना हुँदा खोटाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दिप्रुङचुईचुम्मा गाँउपालिका–७ टेम्माका २६ वर्षीय प्रकाश राई रअेमन छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
को १ त ६६८० नम्वरको ट्याक्टर सदरमुकाम दिक्तेलबाट किराना पसलको सामान बोकेर दिप्रुङचुईचुम्मा गाँउपालिका–७ टेम्मातर्फ जादै गर्दा लफ्याङको जोरआँप भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घट्नामा परी राईको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नारायणप्रसाद चिमरियाले बताए ।
६ जना सवार ट्याक्टर खाल्डाखूल्डी सडकका साथै ओभरलोडका कारण साँघुरो घुम्तीमा ट्रली पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घट्नामा परी टेम्माकै हरी मुग्राती सामान्य घाईते भएका छन् ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ भने चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।