रोल्पा, असोज१६ः चार्जमा राखेको मोबाईल चलाइरहेको समयमा करेन्ट लागेर रोल्पामा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सुनिलस्मृति गाउँपालिका वडा नम्बर १ घोडागाउँका ४३ वर्षीय भरत नेपाली रहेका छन् । उनको बिहीबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको हाे।
करेन्ट लागेर गम्भीर घाइते भएका नेपालीलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र प्युठानको भिङ्ग्री लैजादै गर्दा बाटोमै मृ त्यु भएको प्रहरीले जानकारी दिएको छ।