तनहुँ, असोज १५ः विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तथा सम्मानित अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भएका व्यक्तीहरुको खोजी गर्ने कार्य तिब्रता दिदै आएको छ ।
त्यसै क्रममा बैकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको २०७६ माघ १७ गतेको फैसलाले २ लाख जरिवाना हुने गरी सजाय सुनाएकोमा तोकिएको जरिवाना भुक्तान गर्न बाँकी रही फरार रहेका जिल्ला तनहुँ म्याग्दे गाउँपालिका १ का चाम बहादुर थापालाई पक्राउ गरेको छ ।
उनालाई सवारी ज्यान मुद्दामा भएको फैसला मध्ये ८ दिन कैद तथा २ हजार जरिवाना तिर्न बाकी रहेका थिए ।
त्यसैगरी बिच्छेद मुद्दामा फरार ७ जना, जारी मुद्दाका १ जना र नाता कायम मुद्दाका १ जना गरी जम्मा ११ जना व्यक्तिहरुलाई बिहीबार तनहुँ जिल्ला प्रहरी कार्यालयबाट पक्राउ गरी तोकिएको कैद ८ दिन तथा जरिवाना जम्मा २ लाख २ हजार १ सय २० रुपौयां जरिवाना भुक्तानको लागि तनहुँ जिल्ला अदालतमा उपस्थित गराइएको तनहुँ प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै हराएका तथा चोरी भएका ५ मोबाइल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका तथा चोरी भएको उक्त मोबाइलहरु खोजी गरी पाउँ भनी प्रहरी कार्यालयमा पर्न आएका निवेदनहरु उपर अनुसन्धानको क्रममा फेला पारेको हो ।
उक्त हराएका तथा चोरी भएका भनिएका मोबाइलहरु मध्ये हराएको २ महिनापछी विभिन्न कम्पनीका Oppo, Samsung, Moto मोबाइलहरु फेला पारी सम्बन्धित मोबाइल धनीलाई तनहुँ प्रहरी कार्यालयमा बोलाई बुझाईएको छ ।