सुर्खेत, असाेज १५ः नेपालमा कोरोना भाइरसबाट पहिलाे पटक चिकित्सकको मृत्यु भएको छ। प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ चिकित्सक ५९ वर्षीय डा. हरिप्रसाद सापकोटा रहेका छन् । उनको उपचारका क्रममा बिहीबार बाँकेमा मृत्यु भएको बुझिएकाे छ ।
सापकोटालाई तीन हप्ताअघि भेरी अस्पताल नेपालगञ्ज लगिएको थियो। आईसीयूमा उपचाररत उनको बिहीबार दिउँसाे मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले पुष्टि गरे ।
आज विहानमात्रै बाँकेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको बताइएकाे छ ।