४५ हजार घूससहित इन्जिनियर पक्राउ

रिपोर्ट नेपाल | 2018 Jul 06 | 06:25 pm 3795

रौतहट  २२ असार :  जिल्ला प्राविधिक कार्यालय गौरका ईन्जिनियर अजय ठाकुर शुक्रबार ४५ हजार घूस रकमसहित पक्राउ परेका छन् । उनलाई अख्तियारको हेटौंडाबाट खटिएको टोलीले कार्यालयबाटै रंगेहात पक्राउ गरेको हो ।

जिल्लाको बिजयपुरमा रहेको एक प्राविको कम्पाउण्ड पर्खाल, रंगरोगन र बाटोको कामको भुक्तानीबापत सेवाग्राहीसित ४५ हजार घूसको रकम लिएपछि उनी पक्राउ परेका हुन् ।

अन्तिम किस्ताको रकम भुक्तानीको क्रममा ईन्जिनियर ठाकुरले सेवाग्राहीलाई दुस्ख दिएपछि अख्तियारको हेटौंडा कार्यालयलाई खबर गरेका थिए । त्यसपछि कार्यालयबाट शाखा अधिकृत र प्रहरी निरीक्षकसहितको टोली पुगी ठाकुरलाई रंगेहात पक्राउ गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.