बैकिङ कसुर मुद्धाका फरार अभियुक्त पक्राउ

| 2020 Oct 01 | 01:53 pm 2922

ललितपुर, असोज १५ः बैंकिङ कसुर मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी नगरपालिका १२ ठेचोका ६० वर्षीय हेमकाजी महर्जन डंगोल रहेका छन् ।

उनलाई २०७१ मंसिर २१ गते बैकिङ कसुर मुद्धामा उच्च अदालत पाटनबाट ३ वर्ष कैद र १ करोड ६५ लाख जरिवाना ठहरको फैसला भएको थियो ।

फैसला पश्चात फरार रहेका महर्जनलाई महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा २०७७ असोज १५ गते ठेचोबाट प्रकाउ गरी कैद तथा जरिवाना अशुली तथा आवश्यक कारवाहीको लागि ललितपुर जिल्ला अदालत पठाईएको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.