स्याङ्जा, असाेज १३ः जिल्लाको वालिङ नगरपालिकामा गिट्टी निकाल्ने क्रममा ढिस्काेले पुरिएर एक जनाको मृत्यु भएको छ भने, दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा वालिङ ११ पेखुका ३१ वर्षीय दुर्गा थापा रहेका छन् । घाइते हुनेमा सोही ठाउँका ३५ वर्षीया मुना थापा र ३१ वर्षीय नारायणी सिङली रहेका छन् ।
घाइतेको खुट्टा भाँचिएको छ । उनीहरुको ग्रहुन कालिका प्राथमिक उचार केन्द्र वालिङमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।