सर्लाहीको गडहिया डुमरिया नाकाबाट तस्करी सुरू

| 2020 Sep 29 | 01:06 pm 4295

सर्लाही, असोज १३ः जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरलाई गुमराहमा राखी इलाका प्रहरी कार्यालय गडहिया डुमरियाको प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले तीन जना व्यपारीलाई तस्करी गर्न लाइन दिएको समाचार प्राप्त भएको छ ।

रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार प्रहरी निरीक्षक श्रेष्ठको अब आउँदो मंसिर पुसमा अवकास हुने मौका छोपी पूर्व (माओवादी) नेता शिवपुजन राय यादव, उनका भाई विहारी राय यादव र अर्को तस्कर विजय यादवलाई तस्कर गर्न लाइन दिइएको बुझिएको छ ।

उनीहरुले गडहिया बिर्ता टोल एरियाबाट नेपालबाट भारत तर्फ मटर, छोकडा पठाउने र भारतबाट कपडाको तस्करी गर्ने गरेको समाचार स्रोत बताउँछ ।

यसरी लाइन दिए बमोजिम प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले ठूलो रकम लिई प्रदेश नम्बर २ का डिआइजी, सर्लाहीका सिडिओ, सर्लाही जिल्लाका एसपी र २ नम्बर प्रदेशका डिएसपी घुमुवा इन्चार्ज ज्ञान कुमार महतो समेतलाई गुमराहमा राखी तस्करी गराइ रहेको गडहिया डुमरियाका स्थानीय समाचार स्रोतले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.