भीरबाट लडेर डाेटीमा एक जना युवककाे मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 28 | 02:44 pm 2125

डाेटी, असाेज १२ः भीरबाट लडेर डाेटीमा एक जना युवककाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा आदर्श गाउँपालिका–दहकालिकाका २३ वर्षीय मोहन भट्ट रहेका छन् ।

स्थानीय धुरकोट जङ्गलमा घाँस काट्न गएका युवक आइतबार राति अबेरसम्म घर नआउँदा घरपरिवारले खोजी गर्दा भीरबाट लडेर मृतावस्थामा फेला परेकाे इलाका प्रहरी कार्यालय मौवानगरदहले जानकारी दिएकाे हाे ।

मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिलगढी ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । मृतकको टाउको र आँखामा गहिरो चोट लागेका कारण मृत्यु भएको प्रहरीले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.