अर्धनग्न अवस्थामा एक महिला मृत फेला

रिपोर्ट नेपाल | 2020 Sep 28 | 11:52 am 2492

बैतडी , असाेज १२ः अर्धनग्न अवस्थामा बैतडीमा एक महिलाको शव फेला परेको छ । जिल्लाकाे दशरथचन्द नगरपालिका ६ सेरानजिक चौलानी नदी किनारमा आइतबार दिँसाे अन्दाजी ३५ वर्षीया महिलाको शव फेला परेको हो ।

मृतककाे परिचय भने खुलि नसकेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक किसन चन्दले जानकारी दिए । प्रहरीका अनुरसार स्थानीयले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेकाे बताए । अन्दाजी एक हप्ता अगाडी महिलाको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।

अर्धनग्न अवस्थामा शब भेटिएकी महिलाको शरिरमा घाउहरु रहेका छन् । ती महिलाको चौलानी नदीमा बगेर मृत्यु भयो कि कसरी भयो भन्ने खुल्न सकेको छैन् । प्रहरी निरीक्षक चन्दले शव सड्न लागेको अवस्थामा रहेको बताए ।

शरिरको माथिल्लो भागमा रातो बुट्टा भएको सुट र घाँटीमा रातो पोते लगाएको छ । मृतकको शव जिल्ला अस्पतालको शव परीक्षण गृहमा राखिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.