काठमाडाैं, असाेज ११ः प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आइतबार मध्यान्ह १२ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाइएको विशेष स्रोतले जनाएकाे हाे । शनिबारसम्म मन्त्रिपरिषद बैठक बस्नेबारे कुनै जानकारी थिएन ।
पछिल्लाे समय मन्त्रिपरिषद पुनर्गठनकाे चर्चा चुलिएकाे छ, यसैबारे छलफल एवं निर्णय गर्नका लागि प्रधानमन्त्रीले बैठक बाेलाएकाे अनुमान गरिएकाे छ ।
यसअघि बसेकाे मन्त्रिपरिषद बैठकमा सोमबार र बाँकी रहेका एजेन्डाका लागि पुनः बिहीबार बस्ने भनिएकाे थियाे ।
नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनका लागि छलफल भएकाे थियाे र यसकाे गृहकार्य अन्तिम चरणमा पुगेकाे स्राेतकाे दाबी छ । प्रधानमन्त्री ओलीले गत शुक्रबारकै मन्त्रिपरिषद् बैठकमा केही मन्त्रीको बिदाइ गर्ने संकेत गरेका थिए ।