डलर साट्ने भन्दै रकम लुटपाट गर्ने ५ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Sep 27 | 07:47 am 1819

भक्तपुर, असाेज ११ः डलर देखाई लुटपाट गर्ने समूहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर भक्तपुरले शनिबार लुटपाट गर्ने समूहका पाँच जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ घर भई हाल काठमाडौं गोकर्णेश्वर–१ बस्ने वर्ष ३६ का खेलबहादुर तामाङ र सोही ठाउँका वर्ष ३३ का रेलबहादुर तामाङ रहेका छन् ।

यसैगरी सिन्धुपाल्चोक बाह्रबिसे–६ घर भई हाल मध्यपुरठिमी ९ बस्ने वर्ष ५६ को श्यामबहादुर तामाङ, सोही ठाउँका वर्ष २५ को रामकृष्ण तामाङ र सिन्धुपाल्चोक बाह्रबिसे नैै घर भई हाल मध्यपुरठिमी–९ बस्ने वर्ष ३२ की कान्छी तामाङ रहेको प्रहरी परिसरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुवास बुढोथोकीले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट नेपाली रुपियाँ २ लाख ४२ हजार ९ सय ३५, विभिन्न कम्पनीका मोबाइल ५ थान, मोटरसाइकल २ थान, डलर भनी झुक्काउन तयार गरिएको कागजको बिटो २ बन्डल बरामद गरेको छ । उक्त समूहले भक्तपुरका विभिन्न स्थानबाट डलर साट्ने वहानामा लुटपाट गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

प्रहरीको अनुसन्धानबाट उनीहरुले विगत केही समयदेखि व्यापारी, व्यावसायी तथा विदेशबाट फर्किएका व्यक्तिलाई फोन गरी पहिलादेखि नै चिनजान भएको जस्तो व्यवहार गर्दै लुटपाट गर्ने गरेको खुलेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.