बाघको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु

रिपोर्ट नेपाल | 2020 Sep 26 | 02:09 pm 1903

चितवन, असाेज १०ः शनिबार बाघको आक्रमणबाट चितवनमा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर १३ का ६५ बर्षीय जगदिश चौधरी रहेका छन् ।

वनमा घाँस काट्न गएका चाैधरीकाे बाघको आक्रमणबाट ज्यान गएको चितवन रास्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामले जानकारी दिए ।

स्थानीय बेलशहर मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएको चौधरीलाई बिहान १० बजे बाघले आक्रमण गरेको थियो । अहिले पनि बाघ र शव एकै ठाउँमा रहेकाले बाघलाई डार्ट गरेर शव नियन्त्रणमा लिने प्रयास भइरहेको सुचना अधिकारी रामले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.