नवलपरासी, असोज १०ः जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट यतिखेर तस्करले लाइन पाएका छन् ।
रिपोर्ट नेपाललाई प्राप्त समाचार अनुसार सीमा प्रहरी चौकी महेशपुरबाट तत्कालिन प्रहरी निरीक्षक महेश्वर उपाध्यायले तस्करलाई लाइन दिएको समाचार पाँच नम्बर प्रदेश प्रहरीका प्रमुख रवीन्द्र धानुकले सूचना प्राप्त गरेपछि उपाध्यायलाई त्यहाँबाट हटाइएको थियो ।
उनलाई हटाइएपछि कमाण्ड सम्हाल्न गएका इन्द्रजित इटली पनि त्यहाँ धेरै दिन टिक्न सकेनन् । यतिखेर इन्चार्ज बनेका टपेन्द्र बुढा मगरले केराउ तस्करलाई सहज बनाई दिएर चाँदी कटाई गरिरहेको समाचार रिपोर्ट नेपाललाई प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका घुमुवा प्रहरी सहायक निरीक्षक अक्षयलाल पासवान र हवल्दार मोहम्मद हुसैनले त्यहाँबाट भारत लैजान तयार गरिएको मटर २ नम्बर प्रदेशका प्रमुख धिरज प्रताप सिंहले प्रत्यक्ष निगरानी गरेपछि उक्त केराउ नवलपरासीबाट पास गराइएको छ ।
बारामा गोदाम गरी राखिएको केराउ महेशपुर भन्सारबाट भन्सार छलीगरेर पठाइएको हो । जिल्लाका प्रहरी उपरीक्षक अजय केसीले तस्करको उठिबास लगाइरहेकोबेला महेशपुरबाट केराउ कसरी पास भयो त्यो भने रहस्यको विषय भएको छ ।
बाराबाट तीनवटा ट्रकमा ल्याइएको केराउ दाना महेशपुरबाट टाटा मोबाइलमा लगिएको थियो । भन्सारछली गरिएको केराउ दाना पवन गुप्ता, राकेश गुप्ता, विकास गुप्ता लगायतका गिरोहले महेशपुरका प्रहरी निरीक्षक टपेन्द्र बुढा मगरलाई प्रभावमा परेर पास गराइएको समाचार स्रोतको दाबी छ ।
स्मरण रहोस सीमा प्रहरी चौकी महेशपुरमा दुई महिनामा तीनवटा निरीक्षक फेरबदल भएका छन् ।