धनकुटा, असोज ८ः लगातार रुपमा परेको पानीका कारण बिहीबार धनकुटाको दुई ठाउँमा घर भएको स्थानमा जमिन भासिएर घर जोखिममा परेको छ ।
जोखिममा पर्नेहरुमा धनकुटा नगरपालिका ९ ढोडेनीका अमृत राईको ढुंगा माटो र टिनको छानो भएको भुईतल्ले घर
भासिएर घर चर्कि बस्न नमिल्ने भई घरको सामान सहित आफ्नै अर्को गोठघरमा सरेका छन् ।
त्यसैगरी सोही वडाका गुठीटार बस्ने अर्जुन राईको ईट्टा, सिमेन्ट र टिनको छानो भएको ३ कोठे घरको अगाडी पट्टीको जमिन झरि घर चर्किएर घरमा बस्न नमिल्ने भइ आफ्नै ससुराली घरमा सामान सहित सरी बसेको प्रहरीले जानकारी दिएको हो ।
उक्त घटनाको अस्थायी प्रहरी चौकी बेल्हारामा खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षकको टोली स्थलगत खटिई सो स्थानको अनुगमन गरेको थियो । घटनामा अन्य मानविय तथा चौपाया कुनैपनि वस्तुको क्षेति नभएको धनकुटा प्रहरीले जनाएको छ ।