पहिरोले पाल्पाको रम्भामा तीन घर बगाउँदा ६ जना बाेपत्ता

रिपोर्ट नेपाल | 2020 Sep 24 | 08:12 am 1967

पाल्पा, असाेज ८ः बिहीबार बिहान अविरल वर्षापछि खसेको पहिरोले पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा तीन घर पुरिएकाे छ । पहिराेमा परी ६ जना बेपत्ता भएका छन् ।

त्यसैगरी बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको पहिरोले दुई घर र फोक्सिङ्कोटकै सुरुमडाँडा एक घर पुरिएकाे छ । बेलौजा स्वास्थ्य चौकी नजिकै पहिराेले हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिएकाे छ ।

उक्त पहिराेमा हुमबहादुर गाहाको परिवारका पाँच जना बेपत्ता भएकाे वडाध्यक्ष उमानसिंह सारुले जानकारी दिए । त्यस्तै मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएकाे बताइएकाे छ ।

फोक्सिङ्कोटकै सुरुमडाँडामा एक जना गर्भवती महिला बेपत्ता भएकी छन् । पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएकाले उद्धारमा समस्या भएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.