काठमाडौं, असाेज ७: बुधबार देशभर थप एक हजार १ सय ७२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित गर्ने पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभरकाे विभिन्न स्थानमा रहेकाे प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित थपिएका हुन्। योसँगै देशभर कोरोना संक्रमितको संख्या बढेर ६७ हजार ८ सय ४ पुगेको छ।
बुधबार मात्र देशभरबाट १ हजार ८ सय ९३ संक्रमित कोरोनामुक्त भएका छन्।