अविरल बर्षाको कारण गोठ भत्किएर चौपायाको मृत्यु हुँदा लाखाैंकाे क्षती

रिपोर्ट नेपाल | 2020 Sep 23 | 02:54 pm 1694

धनकुटा, असोज ७ः बुधबार बिहान धनकुटा महालक्ष्मी नगरपालिका ४ का फत्ते बहादुर पौडेलको ढुंगा माटोले बनेको घाँस पराल काठपाट राख्ने गाई गोठ अविरल बर्षाको कारण भत्किएको छ ।

गोठ भन्किदा गाेठमा बाँधेको ४ वटा गाई, ३ वटा गोरु र १३ वटा बाख्रा मध्ये १ वटा ब्याउने गाई, १ वटा गोरु, १ वटा बाख्रा र २ वटा खसि पहिराेमा पुरिएर मृत्यु भएको छ । १ वटा गाई, १ वटा गोरु, २ वटा बाछा, ४ बाख्रा घाइते भएको प्रहरीले जानकारी दिएको हो ।

उक्त घटना भएको खबर पाउनासाथ प्रहरी चौकी चानुवाबाट प्रहरी टोली खटि गई हेर्दा उल्लेखित चौपायाको मृत्यु तथा घाइते भएको र उक्त गोठ पूर्ण रुपमा क्षति भएको बताइएको छ ।

पहिरोले गोठ भत्काई पशु चौपायको मृत्यु हुँदा करिब २ लाख ४५ हजार बराबरको क्षती भएको प्रहरीको अनुमान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.