काठमाडौं, असाेज ६: मंगलबार देशभर थप १ हजार ३ सय ५६ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उक्त विवरणकाे जानकारी दिएका हुन् ।
पछिल्लाे २४ घण्टामा देशभर रहेका विभिन्न स्थानका प्रयाेगशालामा गरिएकाे परीक्षणबाट नयाँ संक्रमित फेला परेका हुन् । याेसंंगै नेपालमा संक्रमितको कुल संख्या ६६ हजार ६ सय ३२ पुगेको छ ।
मंगलबार देशभरबाट ८ सय २३ संक्रमित कोरोनामुक्त भएका छन्।