फेवातालको बीच भागमा अलपत्र दुई जनाको एपीएफ टोलीद्वारा उद्वार

रिपोर्ट नेपाल | 2020 Sep 21 | 09:21 pm 2013

कास्की, असोज ५ः पोखरा महानगरपालिका ६ स्थित फेवातालको बीच भागमा हावाहुरीको कारण अलपत्र परेका दुई जनाको एपीएफ टोलीले सकुशल उद्वार गरेको छ ।

उद्धार गरिनेमा सोही महानगरपालिका २२ बस्ने ३० वर्षीय हर्कबहादुर विक र ३५ वर्षीय सुरेन्द्र गुरुङ्ग रहेका छन् । उनीहरु चढेको डुङ्गा हावाहुरीको कारण उक्त तालको बीच भागमा अलपत्र परेको थियो ।

उक्त घटना बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण कालिका पोखराबाट फेवाताल रेस्क्यु टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको तत्कालै उद्वार गरेको हो ।

लागूऔषधसहित पक्राउ

सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ कुसुन्डी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले ५० बोतल डाईलेक्स डिसी नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३२ वर्षीय पशुपतिकुमार यादव र २१ वर्षीय ओमप्रकाश यादव रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश कुसुन्डीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

स ७ प २४४ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुले बोराभित्र लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

चोरीपैठारीनिकासीको सामान बरामद

रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिका १ स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव तीन लाख ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको मटर तथा भारतबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको चिनी र मोवाईल पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश करौताबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद सामान भन्सार कार्यालय भैरहवामा बुझाईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.