- महेश सिंह
सिरहा, असोज ५ः लकडाउनको कारण रोजगारी गुमाएका यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरुलाई जिवन ज्योति समाज लहानद्वारा राहत वितरण गरेको छ।

सिरहाको विभिन्न ठाँउका फरक क्षमता भएको परिवारलाई राहत दिएका हुन्। विश्वमाहारीको रूपमा फैलिएको कोरोना भाईरसको प्रकोप नेपालमा पनि देखिएकोले नेपाल सरकारले कोरोना भाईरसको संक्रमित एक ब्यक्तिबाट अर्को ब्यक्तिमा सर्न नदिन चैत ११ गते देखि नेपालमा बन्दाबन्दी अर्थात देश भरी लकडाउनको घोषणा गरेको थियो ।
हालसम्म विश्वमै कोरोना भाईरस महामारीलाई नियन्त्रण गर्न नसकिरहेको अवस्थामा नेपालमा भने लकडाउन स्थानीय स्तरमा स्थिति अनुसार गर्नु परेको अवस्था छ।
आर्थिक रुपले कमजोर, गरीब, बिपन्न परिवार र समाजबाट अपहेलित शारीरिक रुपमा फरक क्षमता भएको यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ब्यक्तिहरु करीब ६ महिना देखि रोजगारी गुमाएका छन्। उनीहरुको घर परिवार चलाउन समस्या भएको छ। समस्याको मध्यनजर गर्दै मनकारी युवाहरुको एक संस्थाले जिवन ज्योति समाज लहानद्वारा यौनिक लैङ्गिक अल्पसंख्यक समुदायका ५ जना परिवारलाई राहत वितरण गरेको हो ।

राहत सामग्रीमा १ बोरा चामल, हात धुने साबुन १ पिस, ब्रस, तुथपेस्ट, सेनिटाईजर, टवाईलेट प्रयोजनको लागि हर्फिक, फिनाईल,लगायतका सामग्रीहरु वितरण गरेका हुन् ।
साथै निल हिरा समाज डिबिएस केन्द्रीय कार्यालय काठमाडौंका पदाअधिकारी उमेश श्रेष्ठको पहल र जिवन ज्योति समाजको अगुवाईमा ५ जना गरी जम्मा १० जना यौनिक लैङ्गिक ब्यक्तिहरुलाई राहत दिएका हुन राहतमा खाद्यान्न सामग्री र स्वास्थय रहित सामग्री वितरण गरेका जिवन ज्योति समाज लहानका कार्यालय प्रमुख लक्ष्मेश्वर प्रसाद यादवले जानकारी दिए ।
राहत पाउदै पीडितले खुशी व्यक्त गर्दै राहत दिने ब्यक्ति र संस्थालाई धन्यवाद दिएका छन् ।