बुटवल, असाेज ४ः सेप्टीट्याङकीभित्र एक बालकको शव भेटिएको छ । रूपन्देहीकाे सिद्धार्थनगरपालिका वडा नम्बर १० दोदगहरीका १० वर्षीय बालक सुग्रिम कुर्मीको शव सेप्टीट्याङकीमा भेटिएको हो ।
बालकको शव आफ्नो घरदेखी ४ मिटर टाढा बन्दै गरेको सेप्टी ट्याङ्कीमा भेटिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।