काठमाडौं, असोज ३ः संविधान दिवस २०७७ को अवसरमा सम्माननीय राष्ट्रपतिले एनआईसी एशिया बैंकका संचालक समितिका अध्यक्ष तथा विशाल गु्रपका उपाध्यक्ष एवम् प्रतिष्ठित उद्योगी व्यवसायी तुलसीराम अग्रवाललाई प्रबल जनसेवा श्री चतुर्थ द्वारा विभूषित गर्ने घोषणा गरेको छ ।
बैंकको तर्फबाट सम्माननीय राष्ट्रपति तथा नेपाल सरकारप्रति हार्दिक कृतज्ञता जाहेर गरिएको छ ।
अग्रवालले पाँच दशक देखि देशको उद्योग, वाणिज्य तथा व्यापार क्षेत्रमा अनवरत रुपमा एक सफल उद्योगी व्यवसायीको रुपमा राष्ट्रको सर्वाब्गीण आर्थिक तथा सामाजिक विकासमा उल्लेखनीय टेवा पुर्याउदै बैंकको अध्यक्षका साथै हाल विशाल गु्रपको उपाध्यक्ष, मैनावती स्टिल इन्डष्ट्रिजको प्रबन्ध निर्देशक तथा अन्य विविध व्यापार–वाणिज्य क्षेत्रहरूमा गरिमामय भूमिका निर्वाह गर्दै औद्योगिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका छन् ।
साथै उनले भिजी फाउण्डेसनमार्फत समाजको हित रक्षाकोलागि समेत उल्लेख्य कार्य गर्दै आएकाे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (प्रमुख सूचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा हस्ताक्षरीत विज्ञप्तिमा जनाइएकाे छ ।